PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रदर्शनीमा फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिमका फोटा

प्रदर्शनीमा फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिमका फोटा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनी आयोजना गरेको छ। काठमाडौंको बसन्तपुरमा ‘लेन्सबाट फोटो पत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरिएको हो।

फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटोहरु प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

सो क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुनुपर्ने भन्दै सबै पत्रकारहरुले मूल्य मान्यता र आचारसंहिता अनुसार  काम गर्नुपर्ने बताए। उनले फोटो पत्रकारहरुको सुरक्षालाई काउन्सिलले उच्च प्राथमिकतामा राख्ने र जोखिम न्यूनिकरणका लागि क्लबसँग सहकार्य गर्दै काम गर्ने बताए।

महासंघका अध्यक्ष विपुल पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गरे। उनले पत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिए।

क्लबका अध्यक्ष श्रुति श्रेष्ठले क्लबले फोटो पत्रकारको पेशागत हकहित र सुरक्षामा काम गर्दै आएको जानकारी दिइन्। उनले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारहरुले भोग्नु परेका जोखिमहरुलाई समावेश गरेर फोटो प्रदर्शनी आयोजना गरेको बताइन्।



ट्रेन्डिङ पोस्ट

Ncell