PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

इजिप्टका कलेक्टरहरुले बचाइरहेका छन् सयौं क्लासिक कारहरु

इजिप्टका कलेक्टरहरुले बचाइरहेका छन् सयौं क्लासिक कारहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


इजिप्टको काइरो शहरको ट्राफिकले सवारीधनीहरुलाई निकै हैरान गर्छ। गन्तव्यमा पुग्न घण्टौं लाग्छ कहिलेकाहीँ। त्यही ट्राफिकबिच देखिन्छन् क्लासिक कारहरु।

कार कलेक्टर मोहमम्द वाहदनले २५० भन्दा बढी भिन्टेज कारहरु संकलन गरेका छन्। भिन्टेजसँगै एन्टिक र क्लासिक कारहरु पनि उनको कलेक्सनमा छन्। विज्ञहरुले कार निर्माण भएको मितिको अनुसार कारलाई भिन्टेज, एन्टिक र  क्लासिक भनेर वर्गीकरण गरिएका छन्। वाहदनसँग यी सबै कारहरु छन्।

पुराना टेलिफोन, ग्रामाफोन, पुराना समाचारपत्र र हुलाक पत्रले पनि उनलाई आर्कषित गर्छ। उनी कार संकलनका लागि इजिप्टका मानिसहरुमा रुची बढ्दै गएको बताउँछन्।

उनलाई सबैभन्दा बढी मनपर्ने कार भनेको १९७० मा बनेको मर्सिडिज हो। उनी आफूसँग रहेको कुनै कार नबेच्ने बताउँछन्।

सबै तस्विर : AP



ट्रेन्डिङ पोस्ट

Ncell