PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु



पहिलोपोस्ट

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

ना.२ख ८६२४ नम्बरको ट्रकमा लु८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै विदेह नगरपालिका–६ का २२ वर्षीय अविनाश मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए। मृतक एकजनाको खनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।

 दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell