PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भारतमा लोडसेडिङ भएपछि नेपालमा कस्तो असर परिरहेको छ ?



पहिलोपोस्ट

भारतमा लोडसेडिङ भएपछि नेपालमा कस्तो असर परिरहेको छ ?

काठमाडौं : ‍कोइलाका कारण भारतमै लोडसेडिङ हुन थालेपछि नेपालले पिक आवरमा बिजुली पाउन सकेको छैन। बिजुली नपाएपछि नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म लोडसेडिङ गर्न थालेको छ।

प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट बिजुली नपाएका कारण उद्योगहरुमा राति बत्ती काटिएको बताए।

'अहिले उद्योगहरुमा राति ३/४ दिनदेखि बत्ती दिइएको छैन। कहिले ६ बजेदेखि बिहान ६ बजेसम्म, कहिले राति १० बजेदेखि बिहानसम्म बत्ती दिइएको छैन,' उनले भने,'हामीले किन्न नसकेको होइन। आपूर्ति नै छैन।'

उनका अनुसार अहिले भारतको बिहार र उत्तर प्रदेशमा लोडसेडिङ छ। बिहारलाई मात्रै थप १५ सय मेगावाट विद्युत चाहिएको छ। सोही कारण त्यहाँका उद्योगहरुले समेत उत्पालन कटौती गरेका छन्। प्राधिकरणका अनुसार सोमबार साँझ पिक डिमाण्ड १६५६ मेगावाट पुगेको छ।

प्राधिकरणको ८ हजार ६८३ मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनीको ४ हजार १०६ मेगावाट आवर,निजी क्षेत्रको ७ हजार ३५३ मेगावाट आवर गरि कुल २ हजार १४२ मेगावाट आवर स्वदेशी उत्पादन छ। इनर्जी डिमाण्ड ३२ हजार ५९३ मेगावाट आवर छ। डिमाण्ड पुरा गर्न स्वेदेशी उत्पादनले नपुगेर भारतबाट ९ हजार ३५३ मेगावाट आवर विद्युत आयात गरिएको छ।

नेपालले पर्याप्त विद्युत आयात गर्ने भारतीय प्रतिस्पर्धी बजारमा नपाएका कारण ३ हजार १०० मेगावाट आवर विद्युत अवरुद्ध भएको छ। भारतमा करिव ७० प्रतिशत विद्युत कोइलाबाट चल्ने थर्मल प्लान्टबाट उत्पादन हुन्छ। नेपालले प्रतिस्पर्धी बजारबाट आयात गर्ने भएपनि कोइलाबाट उत्पादन हुने विद्युत आयात गर्न पाउँछ।

रसिया र युक्रेनका बिचमा चलेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ आकासिएको छ। सोही कारण पर्याप्त विद्युत उत्पादन हुन सकेको छैन। भारतीय प्रतिस्पर्धी बजारमा केहि सयम अघि ३८ रुपैयाँ प्रतियुनिटसम्म पुगेको थियो। तर अहिले अधिकतम २२ रुपैयाँ तोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell