PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

कांग्रेस र माधव नेपालको आलोचना गर्दै शंकर पोखरेलले भने : गठबन्धनले एमालेलाई स्थापित गरायो



पहिलोपोस्ट

कांग्रेस र माधव नेपालको आलोचना गर्दै शंकर पोखरेलले भने : गठबन्धनले एमालेलाई स्थापित गरायो

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।दलहरु स्थानीय तह निर्वाचनको माहोलमा प्रवेश गरिसक्दा पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको बताएका हुन्।

‘नेकपा एमालेसँग सत्तारुढ दलहरुले एक्लै चुनाव लडने आँट गरेनन्। नेपालको सबभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ। र, उसले चुनाव लड्नका लागि पनि अरुको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ’ उनले भने।

यस्तै, उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको भन्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको दाबी गरे।

‘अब नेपालमा सबभन्दा ठूलो पार्टीको रुपमा राष्ट्रिय शक्तिको रुपमा एमाले आएको छ भन्ने कुरा यो निर्वाचनले स्थापित गरेको छ,’ उनले भने।

पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल भएको आरोप समेत लगाएका छन्। एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell