PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल कारबाहीमा, साधरण सदस्य समेत नरहने गरी हटाइए



पहिलोपोस्ट

कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल कारबाहीमा, साधरण सदस्य समेत नरहने गरी हटाइए

काठमाडौँः विधान विपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पौडेललाई हटाएको जानकारी दिएका हुन्। मल्ल प्रदेशसभा सदस्य पनि हुन्। 

पार्टी विधान विपरीत काम गरेको भन्दै मल्ललाई हटाइएको विज्ञप्तिमा जनाइएको छ। 

उनी महाधिवेशनदेखि पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट थिए। १४औँ महाधिवेशनमा देउवा पक्षले एकपक्षीय गरेको भन्दै डडेल्धुरामा उनले महाधिवेशन बहिष्कार गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell