PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

बैतडीमा ४४० पदका लागि एक हजार ४०० को उम्मेदवारी



पहिलोपोस्ट

बैतडीमा ४४० पदका लागि एक हजार ४०० को उम्मेदवारी

बैतडीः स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका लागि बैतडीमा एक हजार ४०० बढी उम्मेदवारी दर्ता भएको छ। जिल्लाका १० वटै स्थानीय तहमा आवश्यक ४४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर एक हजार ४४२ को उम्मेदवारी दर्ता भएको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा २२७, मेलौली नगरपालिकामा १९३, पुर्चौंडी नगरपालिकामा १७६ र पाटन नगरपालिकामा १६१ को उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाको सूर्नया गाउँपालिकामा १४९, सिगास गाउँपालिकामा १८१, दोगडाकेदार गाउँपालिकामा १२५, शिवनाथ गाउँपालिकामा ९२, पञ्चेश्वर गाउँपालिकामा ७९ र डिलाशैनी गाउँपालिकामा ५९ को उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरेर १० स्थानीय तह रहेका छन्। यहाँका सबै स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell