काठमाडौँः नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता प्रकाश खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ। सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतबाट समेत कसुर ठहर भएपछि परिषदले प्रमाणपत्र रद्ध गरेको हो।
सर्वोच्चको २०७६ माघ ८ को फैसला अन्तिम भएको पाएपछि परिषद्ले प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।
खतिवडाले २०७० असोज १८ मा अधिवक्ताको प्रमाणपत्र लिएका थिए।
परिषद्का सचिव मोना सिंहका अनुसार कानुन व्यवसायी बन्नुभन्दा अगाडि नै सरकारी छाप कीर्ते गरेको ठहर गरी सजाय पाएको हुँदा प्रमाणपत्र रद्द गरिएको हो।