PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

बेङ्ग्लोरलाई हराउँदै राजस्थान उक्लियो शीर्षस्थानमा



पहिलोपोस्ट

बेङ्ग्लोरलाई हराउँदै राजस्थान उक्लियो शीर्षस्थानमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा राजस्थानले २९ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले सर्वाधिक अविजित ५६ रन बनाउँदा कप्तान सञ्जु सामसनले २७ रन बनाए। त्यस्तै रविचन्द्रन अश्विनले १७ रन तथा डार्यल मिचेलले १६ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका मोहम्मद सिराज, जोस हेजलवुड र वानिन्दु हसरंगा डी सिल्भा समान २ विकेट लिँदा हर्षल पटेलले १ विकेट लिइ।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका ब्याट्सम्यानको प्रदर्शन जम्न सकेन। बेङ्ग्लोरका लागि कप्तान फाफ डुप्लिसिसले सर्वाधिक २३ रन बनाउँदा वानिन्दु हसरंगा डी सिल्भाले १८, रजत पटिडार १६ तथा बिराट कोहलीले ९ रन बनाए।

बेङ्ग्लोरलाई लक्ष्यसम्म पुग्न नदिन कुलदीप सेनले सर्वाधिक ४ विकेट लिँदा रविचन्द्रन अश्विनले ३ तथा प्रसिद कृष्णाले २ विकेट लिए। आजको खेलबाट अश्विनले आईपीएलमा १५० विकेटको आँकडासमेत पुरा गरेका छन्।

जिससँगै ८ खेलबाट १२ अंक जोडेको राजस्थान तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको गुजरात टाइटन्सको पनि समान १२ अंक छ। १० अंक जोडेको बेङ्ग्लोर भने तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell