PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

हप्ताको दुई दिन रञ्जना सिनेप्लेक्सले १७५ रूपैयाँमै टिकट उपलब्ध गराउने



पहिलोपोस्ट

हप्ताको दुई दिन रञ्जना सिनेप्लेक्सले १७५ रूपैयाँमै टिकट उपलब्ध गराउने

काठमाडौं : रञ्जना सिनेप्लेक्सले हप्ताको दुई दिन टिकटमा छुट दिने भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले बुधवार र बिहीवार १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको हो।

सिनेमामा सम्पूर्ण दर्शकको पहुँच होस् भनेर यो सुविधा लागू गरिएको रञ्जना सिनेप्लेक्सका म्यानेजर कुमार विनोद पौड्यालले जानकारी दिए। प्रत्येक बुधवार र बिहीवार १७५ रूपैयाँमा प्रदर्शन भएका जुनसुकै फिल्म हेर्न पाइनेछ।

गत चैत ११ देखि नरेन्द्र महर्जनले व्यवसायीहरु कालु गुरुङ र वीरेन्द्र नारायण महर्जनसँग मिलेरे रञ्जना सिनेप्लेक्स सञ्चालनमा ल्याएका हुन्। दक्षिण भारतीय फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै हल सञ्चालन गरिएको थियो।

मल्टिप्लेक्स हलको दबदबाबिच विसं २०६५ सालमा रञ्जना हल बन्द भएको थियो। बन्द भएको रञ्जना हलको नामबाट नै रञ्जना सिनेप्लेक्स सुरु गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell