PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

नेपालगञ्ज र कोहलपुरमा एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिए सहोदर दाजुभाइ



रासस

नेपालगञ्ज र कोहलपुरमा एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिए सहोदर दाजुभाइ

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन्। उपमहानगरपालिका-१ मा फरक-फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्।

सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। उनी हाल तरुण दल बाँकेको सचिव हुन्।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन्। उनी उपमहानगरपालिकाको प्रवक्ता समेत हुन्। वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए। 

त्यस्तै, कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबिच प्रतिस्पर्धा हुने भएको छ। नगरपालिकाको वडा नम्बर ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबिच प्रतिस्पर्धा हुने भएको हो।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनीसँग ६५ मतले पराजित भएका थिए। माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै छन्।

जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell