PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘द ब्याटम्यान’को सिक्वेलमा पुनः रोबर्ट प्याटिन्सननै ब्याटम्यानको भुमिकामा



पहिलोपोस्ट

‘द ब्याटम्यान’को सिक्वेलमा पुनः रोबर्ट प्याटिन्सननै ब्याटम्यानको भुमिकामा
फिल्म ‘द ब्याटम्यान’मा रोबर्ट प्याटिन्सन। Photo: WARNER BROS.

हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेलमा रोबर्ट प्याटिन्सन पुनः ब्याटम्यानको भुमिकामा देखिने भएका छन्। निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिनेमांकन समारोहमा रोबर्ट प्याटिन्सनलाई लिएर फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्।

सिक्वेलमा पनि निर्देशक म्याट रिब्सको लेखन र निर्देशन हुनेछ। सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ ४ मार्च २०२२ मा रिलिज भएको थियो। यस फिल्मले विश्वभरि नै राम्रो व्यापार गरेको थियो।

नेपालमा यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले भित्र्याएको थियो। नेपालमा एक महिनासम्म चलेको यस फिल्मले १ करोडसम्मको कलेक्सन गरेको थियो।

७५९ मिलियन डलर कमाएको ‘द ब्याटम्यान’ हलिउडमा यस वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell