PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

गठबन्धनको निर्देशन : पाँच दल बाहिरको तालमेल खारेज !



पहिलोपोस्ट

गठबन्धनको निर्देशन : पाँच दल बाहिरको तालमेल खारेज !

काठमाडौं : सत्ता गठबन्धनको बैठकले ७ बुँदे निर्देशन दिएको छ। स्थानीय तह निर्वाचनको तालमेलबारे बालुवाटारमा छलफल गर्न बसेको बैठकले गठबन्धन बाहिरका दलसँग तालमेल गरे ती निर्णय खारेज गर्ने चेतावनी दिएको हो।

तालमेलको सहमतिलाई पालना गर्न गठबन्धनले आग्रह गरेको छ। काठमाडौं लगायत अन्य जिल्लामा गठबन्धनको सहमति भन्दा बाहिर गएर दलहरुले तालमेल गरेका छन्। जसकारण गठबन्धनभित्र असहमति भएको सन्देश बाहिर गएको भन्दै त्यस्ता तालमेल खारेज गर्न शीर्ष नेताले निर्देशन दिएका हुन्।

यस्तो छ ७ बुँदे निर्देशन :

१.६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको निर्णय विपरित गठवन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने।

२. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने।

३. ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने।

४. नगरपालिका र गाँउपालिकाहरुमा गठबन्धनका दलहरुका बिचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुबाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने।

५. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने।

६. गठबन्धनका दलहरुका बिचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने। त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने।

७. गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell