PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

इलोन मस्कको ट्वीटर किन्ने ‘डिल’पछि १२ प्रतिशतले घट्यो टेस्लाको सेयर



पहिलोपोस्ट

इलोन मस्कको ट्वीटर किन्ने ‘डिल’पछि १२ प्रतिशतले घट्यो टेस्लाको सेयर
FILE PHOTO: REUTERS

विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयरमा १२ प्रतिशतले गिरावट आएको छ। योसँगै कम्पनीले करिब १२६ बिलियन डलर गुमाएको छ

इलोन मस्कले ४४ बिलियनमा ट्वीटरको ‘टेकओभर’ पूरा गर्न टेस्लाको सेयर बेच्न सक्ने लगानीकर्ताहरूको चिन्ताका बिच सेयरमा गिरावट आएको हो।

अप्रिल ४ मा मस्कले ट्वीटरको सेयर स्वामित्व बढाएको खुलासा गरेदेखि हाल टेस्लाको क्यापिटल २७५ बिलियन डलरमा झरेको छ। अप्रिल ४ देखि हालसम्म टेस्लाको सेयर २३ प्रतिशतले घटेको हो।

सुस्त आर्थिक विस्तार र निरन्तर मुद्रास्फीतिको कारण विश्वभरको इक्विटी बजारमा व्यापक बिक्रीका बिच पनि टेस्लाको सेयर मूल्यमा गिरावट आएको छ। ट्वीटरको ‘टेकओभर’मा टेस्लाको कुनै हात नभएपनि मस्कले टेस्लाको सेयर बेच्न सक्ने लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell