PahiloPost

Jul 3, 2024 | २० असार २०८१

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, कहिलेबाट हुन्छ लागू ?



पहिलोपोस्ट

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, कहिलेबाट हुन्छ लागू ?

काठमाडौं : सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको बताएका हुन्। यो व्यवस्था जेठ महिनादेखि लागू हुनेछ।

यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ। जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म परीक्षणका रुपमा तोकेको छ।

‘हाललाई परीक्षणका रुपमा जेठ १ गते देखि लागु हुने गरी ९ : ३० देखि ५ : ३० बजे कार्यलय समत तोक्ने र सातामा शनिबार र आइतबार विदा दिने निर्णय भएको छ,’ कार्कीले भने।

यसअघि नेपाल राष्ट्र बैंकले साताको दुई दिन बिदा दिने प्रस्ताव गरेको थियो। इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो। सरकारले यसअघि आफू मातहतका कार्यालयमा दिइने इन्धन २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell