PahiloPost

Oct 19, 2025 | ३ कात्तिक २०८२

चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न सकिनँ : प्रहरी महानिरीक्ष शैलेश थापा क्षेत्री



पहिलोपोस्ट

चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न सकिनँ : प्रहरी महानिरीक्ष शैलेश थापा क्षेत्री

काठमाडौं : प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्रीले आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको बताएका छन्।

अवकाश पाउन लागेका थापाले आज पत्रकार सम्मेलन गरि आफूले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि सफल हुन नसकेको बताएका हुन्।  

‘ब्रेक थ्रु गर्न पाएको भए अझै जाति  हुन्थ्यो जस्तो लाग्छ। मैले थुपै प्रयास पनि नगरेको होइन,’ उनले भने।

पढ्नुस :  #WhoKilledNirmala शृङ्खला

थापाले नयाँ महानिरीक्षकले उक्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्नेमा आफू आशावादी रहेको समेत बताए।

‘अब आउने महानिरीक्षले ब्रेक थ्रु गर्नु होला। उहाँहरु म भन्दा काबिल हुनहुन्छ,’ उनले भने

शैलेश थापा क्षेत्रीले प्रहरी महानिरीक्षक पदबाट बैशाख १८ गते अवकाश पाउँदैछन्। उनी जुलाई,२०२० मा २८ औं प्रहरी महानिरीक्षक नियुक्त भएका हुन्। उनले २२ महिना प्रहरी महानिरीक्षक हुँदा अपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धान गर्न सफल भएको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell