PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि रसियाले पोल्याण्ड र बुल्गेरियामा रोक्यो ग्यासको निर्यात



पहिलोपोस्ट

रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि रसियाले पोल्याण्ड र बुल्गेरियामा रोक्यो ग्यासको निर्यात
Photo: GETTY IMAGES

रसियाको ठूलो उर्जा कम्पनी ‘गाजप्रोम’ले पोल्याण्ड र बुल्गेरियामा ग्यास निर्यात रोकेको बताएको छ। यी देशहरूले रसियाली मुद्रा रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि निर्यात रोकेको गाजप्रोमले बताएको बीबीसीले उल्लेख गरेको छ।

रसियाली मुद्रामा भुक्तानी नगरेसम्म आपूर्ति पुनर्स्थापना नहुने कम्पनीले बताएको छ। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अनफ्रेन्ड्ली’ देशहरूलाई रुबलमा ग्यासको भुक्तानी गर्न आदेश दिएपछि कम्पनीको यो निर्णय आएको हो।

पोल्याण्डले आपूर्ति रोकिएको पुष्टि गरेको छ भने बुल्गेरियाले यसबारे हालसम्म अन्यौल नै रहेको बताएको छ।

पोल्याण्डका उप विदेश मन्त्री मार्सिन प्राडाकले गाजप्रोमको ग्यास अभावलाई देशले सामना गर्न सक्ने भन्दै ‘यस्तो अवस्थाको लागि तयारी गर्न धेरै वर्ष पहिले केही निर्णय लिएको’ बताएको छ। पोल्याण्डको सरकारी ग्यास कम्पनी ‘पीजीनिग’ले ५३ प्रतिशत ग्यास आपूर्ति गाजप्रोमबाट गर्दै आएको छ।

आपूर्ति स्थगित गरिनु सम्झौताको उल्लंघन हुने भन्दै कम्पनीले आपूर्ति पूरा गर्न कदम चाल्ने बताए।

यता, उर्जामन्त्री एलेक्जेन्डर निकोलोभले बुल्गेरियाले अप्रिल महिनाको आपूर्तिको लागि गाजप्रोमलाई यसअघि नै भुक्तानी गरेको भन्दै आपूर्ति रोकिए सम्झौताको उल्लंघन हुने बताए। देशको ९० प्रतिशत ग्यास आपूर्तिको लागि बुल्गेरिया गाजप्रोमसँग निर्भर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell