PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

यसपाली होला त काजीको बिहे? यस्तो छ ‘कबड्‌डी ४’को ट्रेलर



पहिलोपोस्ट

यसपाली होला त काजीको बिहे? यस्तो छ ‘कबड्‌डी ४’को ट्रेलर

काठमाडौं : फिल्म ‘कबड्‌डी’को चौँथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा पुराना संस्करणसँग फिल्मलाई जोडिएको देख्न सकिन्छ। ४ मिनेट २८ सेकेन्डको ट्रेलर निकै रोचक छ।

ट्रेलरमा दयाहाङ राई र मिरूना मगरको प्रेममा सौगात मल्लको इन्ट्रीदेखि उनीहरूबिचको द्वन्द्वलाई देखाइएको छ। यसअघिका सिक्वेलमा काजीको भुमिकामा देखिएका दयाहाङको प्रेम र उनको असफल बिहे वरिपरि फिल्मको कथा घुमेको छ।

यस सिक्वेलमा पनि काजीको प्रेममा आएको अवरोधबारे ट्रेलरमा देखाइएकाले यसपटक उनको बिहे होला या नहोला भन्ने प्रश्न उब्जिएको छ। रामबाबु गुरुङको निर्देशन रहेको यो फिल्म आगामी जेठ १३ गते प्रदर्शन हुनेछ।

बाँसुरी फिल्म्सको ब्यानरमा बनेको फिल्मको निर्माता मणिराम पोखरेल हुन्। यस फिल्ममा दयाहाङ, सौगात र मिरुनाका साथै विजय बराल, बुद्धि तामाङ, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ।

फिल्ममा अघिल्ला श्रृङ्खलामा जस्तै मुस्ताङ आसपासको दृश्याङ्कन गरिएको छ। फिल्ममा शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ। यसअघि रिलिज भएका फिल्मको तीन सिरिजमा दयाहाङको नै मुख्य भुमिका थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell