PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रहरी कारबाहीबाट सङ्कलन हुने राजस्व ह्वातै बढ्यो : अवैध सुन र ट्राफिक कारबाहीमा सबैभन्दा धेरै



पहिलोपोस्ट

प्रहरी कारबाहीबाट सङ्कलन हुने राजस्व ह्वातै बढ्यो : अवैध सुन र ट्राफिक कारबाहीमा सबैभन्दा धेरै

काठमाडौं : अवैध तरिकाबाट भित्रिएको सुन बरामदपछि सङ्कलन हुने राजस्व ह्वातै बढेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बरामद सुनबाट सङ्कलन हुने राजस्व ह्वातै बढेको हो।

चालु आर्थिक वर्षको ९ महिनामा ९५ करोड ७९ लाख १३ हजार ५ सय ३८ रुपैयाँ सङ्कलन गरेको छ। जबकि गएको आर्थिक वर्ष २०७७/७८ मा २७ करोड ४ लाख २५ हजार २ सय ८० रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा बरामद सुनबाट सङ्कलन राजस्व रकम २० करोड ३० लाख ५१ हजार १ सय ३१ रुपैयाँ थियो।

प्रहरीले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमध्ये सबैभन्दा धेरै ट्राफिक कारबाही रहेको देखिन्छ। चालु आर्थिक वर्षको ९ महिनामा ट्राफिक कारबाहीबाट ८८ करोड ९७ लाख ९५ हजार ८ सय रुपैयाँ सङ्कलन गरेको छ। गएको आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट १ अर्ब १६ करोड ३५ लाख ३१ हजार ९ सय रुपैयाँ सङ्कलन गरेको थियो।

त्यस्तै, प्रहरीले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि बढेको छ। ९ महिनाको अवधिमा ३ अर्ब ९ करोड ७६ लाख ८ सय ३२ रुपैयाँ राजस्व सङ्कलन भएको छ। गएको आर्थिक वर्षमा ३ अर्ब २४ लाख ९९ हजार ८ सय २९ रुपैयाँ सङ्कलन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell