PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

१ करोड ८७ लाख मतपत्र छापियो, २२ जिल्लामा पुग्यो ३४ लाख मतपत्र



पहिलोपोस्ट

१ करोड ८७ लाख मतपत्र छापियो, २२ जिल्लामा पुग्यो ३४ लाख मतपत्र
नमूना मतपत्रको तस्विर

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ।

आयोगका अनुसार हालसम्म २२ वटा जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ।

वैशाख १३ गते कर्णाली प्रदेशका र सुदूरपश्चिमका जिल्लामा मतपत्र पठाइएको थियो। आज भने सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो। ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ।

आजसम्म एक करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ। निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell