PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

बोर्ड उपाध्यक्ष सापकोटालाई नहटाउन अन्तरिम आदेश



पहिलोपोस्ट

बोर्ड उपाध्यक्ष सापकोटालाई नहटाउन अन्तरिम आदेश

हेटौँडाः दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटालाई जिम्मेवारी अनुसारको काम गर्न दिन उच्च अदालत पाटनको हेटौँडा इजलासले वाग्मती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै उच्च अदालतले सापकोटालाई काम गर्न दिन आदेश गरेको हो।

न्यायाधीशद्वय मुहम्मद साबीर हुसेन  र राजेश्वर तिवारीको संयुक्त इजलासले आधार कारण नै उल्लेख नगरी सरकारले सापकोटालाई पदबाट हटाएको भन्दै अन्तरिम आदेश जारी गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell