PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

रुपन्देहीको कञ्चनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार, सबैको चुनाव चिन्ह रुख



पहिलोपोस्ट

रुपन्देहीको कञ्चनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार, सबैको चुनाव चिन्ह रुख

काठमाडौँ: रुपन्देहीको कञ्चन गाउँपालिकामा गठबन्धनका उम्मेदवार साझा चुनाव चिन्हमा चुनाव लड्ने भएका छन्। 

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार कांग्रेसको चुनाव चिन्ह रुख लिएर मनोनयन दर्ता गराएका हुन्। यहाँ सत्तारुढ दल नेपाली कांग्रेसले अध्यक्षसहित चार वडाध्यक्ष र नेकपा (माओवादी केन्द्र) ले गाउँपालिका उपाध्यक्षसहित एक वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन्। 

गाउँपालिका अध्यक्षमा कांग्रेसका नवराज ढकालको मनोनयन परेको छ। त्यस्तै माओवादी केन्द्रले मौसमी पुन मगरलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रबाट वडा नम्बर ५ को वडाध्यक्षमा हिराबहादुर रोका क्षेत्री 'अमर'लाई गठबन्धनको साझा उम्मेदवार बनाएको छ। 

यहाँ माओवादी केन्द्रका उम्मेदवार पनि रुख चुनाव चिन्हबाट मनोनयन दर्ता गराएका हुन्। 'गठबन्धनबाट चुनाव लड्दै गर्दा हामीले एउटै चुनाव चिन्हबाट लड्ने सहमति गरेका हौँ। अध्यक्ष कांग्रेसले पाएपछि हामी पनि कांग्रेसकै चुनाव चिन्हबाट मनोनयन दर्ता गराएका हौँ,' नेकपा (माओवादी केन्द्र) बाट उपाध्यक्षमा मनोनय दर्ता गराएकी पुनले भनिन्, 'कञ्चनको विकासका लागि साझा चरित्र सहकार्य गरेर अगाडि बढ्ने हो। यसको सुरुवात चुनाव देखि नै सुरु गरेका छौँ।'

यहाँ यसअघि नेकपा एमालेका गोकर्णबहादुर क्षेत्रीले अध्यक्षमा जित हात पारेका थिए। कञ्चनमा द्विपक्षीय प्रतिस्पर्धा हुने छ। यहाँ एमालेले दिनानाथ आर्चार्यलाई अध्यक्ष र ओमकली रावडीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell