.jpg)
वीरगंजः सत्तारुढ गठबन्धनले वीरगंज महानगरको निर्वाचनलाई प्रभावकारी बनाउन उपसमिति गठबन गरेको छ। वीरगंजमा सम्पन्न बैठकले कांग्रेसका नेता श्यामकुमार पोखरेलको संयोजकत्वमा वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ।
समिति सदस्यहरुमा कांग्रेसका प्रकाशकुमार उपाध्याय, नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी (जसपा) का जन्नत अन्सारी, मुकेश द्विवेदी र नेकपा (एकीकृत समाजवादी) का मनोज चौधरी छन्।
बैठकले पर्साका अन्य १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरीय उपसमिति गठन गरेको छ। उपसमितिमा कांग्रेसबाट अशोक गुप्ता, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, ललन द्विवेदी, माओवादी केन्द्रबाट शेख चाँदतारा र छोटेलाल यादव र एकीकृत समाजवादीका गंगाबहादुर खड्का छन्।