PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

डेढ क्विन्टल गाँजासहित बाराबाट दुई भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

डेढ क्विन्टल गाँजासहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

वीरगंजः डेढ क्विन्टल गाँजासहित बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १० निलकण्ठ टोलस्थित नेपाल-भारत सिमाना नजिकबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायतका अजित पासवान र सोही स्थानका रामदर्शन महतो रहेका छन्।

चेकजाँचका क्रममा गाँजा फालेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुका साथबाट १० किलोको १५ वटा पोका प्रहरीले बरामद गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell