PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

लिभरपुलको सहज जित



पहिलोपोस्ट

लिभरपुलको सहज जित
Photo: Reuters

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले भिल्लारियलमाथि जित निकालेको छ। दोस्रो सेमिफाइनल खेलको पहिलो लेगमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियलमाथि २-० गोलअन्तरले जित निकालेको हो।

घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५३ औं मिनेटमा भिल्लारियलका पेर्भिस एस्टुपिननले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता लिए। त्यस्तै दुई मिनेट नबित्दै साडियो मानेले गोल थपे। र, लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो।

दोस्रो लेगको खेलमा यी दुई टोली भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell