सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, सोही गाउँ बस्ने ४० वर्षीय भरत बहादुर बुढा र वडा नम्बर १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूलाई बुधवार वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेत बसपार्कस्थित नन्दबहादुर शाहीको सुनिता होटलबाट पक्राउ गरिएको हो। चितुवाको छाला कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई त्यहाँबाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनाको आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।