PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जब गायक प्रमोद खरेल सवार कार सडक छेउको पर्खालमा बजारियो...



पहिलोपोस्ट

जब गायक प्रमोद खरेल सवार कार सडक छेउको पर्खालमा बजारियो...

काठमाडौं : गायक प्रमोद खरेल कार दुर्घटनामा परेका छन्। आफू सवार कार गम्भिर दुर्घटनामा परेर घाइते भएको खरेलले फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले यस दुर्घटनालाई जिन्दगीसँगको एउटा युद्धको रूपमा लिएको बताएका छन्।

काठमाडौंबाट बुधवार साँझ उनी विमानमार्फत नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट उनी दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि होटलतर्फ जाँदै गर्दा राति १ बजे दुर्घटनामा भएको थियो।

उनी सवार कार सडक छेउको पर्खालमा बजारिएको समेत उनले उल्लेख गरेका छन्।

‘दुर्घटनापश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्‍याएर बेडमा बसाउँदा मात्र झण्डै ४५ मिनेटपछि मेरो होस् आएछ। त्यसपछि पनि करिब ५/७ मिनेट कहाँबाट आएँ, कहाँ छु पत्तै पाइनँ। गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगाएछ। सँगैका दुई आयोजक भाइहरू रगताम्य देख्दा मन झनै डरायो,’ खरेलले भनेका छन्।

काठमाडौं आएर स्वास्थ्य जाँचमा बाहिरी चोट भए पनि भित्री चोट नदेखिएको उनले बताएका छन्। अबको तीन/चार दिन सबै रेकर्डिङ र कार्यक्रम स्थगित गरेको उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell