PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रकाशमान रुखो सिर्जना बटरजस्तो : भीमसेनदास प्रधान



पहिलोपोस्ट

प्रकाशमान रुखो सिर्जना बटरजस्तो : भीमसेनदास प्रधान

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले स्थानीय निर्वाचनमा कांग्रेसलाई जित्नैपर्ने दबाब रहेको बताएका छन्। यसपटक एक्लो एमालेसँग पाँच पाँच वटा दलको गठबन्धन बनाएर लड्दै गरेको अवस्था रहेकोले कांग्रेसलाई हार्ने सुविधा नभएको प्रधानले बताए।

‘एमालेसँग कांग्रेस एक्लै लड्न लागेको हैन, गठबन्धन भर्सेस् एमाले हो’, काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रममा प्रधानले भने, ‘गठबन्धन हार्‍यो भने नाक खुम्चिने कांग्रेसको हो।’

गठबन्धनमा मत कुनै तलमाथि भयो भने फेरि मुलुकमा द्वन्द्वको सिर्जना हुने समेत उनले बताए।

कार्यक्रममा प्रधानले सिर्जनाका श्रीमान प्रकाशमान सिंह भाग्यमानी नेता भएको बताए। नेताको राजनीतिक जीवनमा सिर्जना सिंहको नम्रताकै कारण प्रकाशमानको राजनीति सफल भएको उनको भनाइ थियो।

‘प्रकाशमान रुखो, सिर्जना बटरजस्तो। सिर्जना सफ्ट। राजनीतिमा सफ्टनेस चाहिन्छ। त्यही भएर प्रकाशमानको राजनीति सफल भएको हो’, प्रधानले भने, ‘प्रकाशमानलाई प्रकाशमान बनाउने सिर्जना हो। सिर्जना पाएर नै प्रकाशमान सफल, भाग्यमानी भएको हो। सिर्जनामा खोट लगाउने ठाउँ छैन।’

उनले सिर्जनाका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापित अस्थिर चरित्रका व्यक्ति भएको आरोप लगाए। स्थापित दागैदाग लागेको व्यक्तिसमेत भएकोले सिर्जनालाई जिताउन उनले अपिल गरे।

‘स्थापित अस्थिर अराजनीतिक। मन परी बोल्ने मान्छे हो। उसले जिते काठमाडौं अस्थिर हुन्छ,’ उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell