PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

शाहरूख खानलाई अदालतले दियो राहत, उनीविरुद्धको मुद्दा भयो खारेज



पहिलोपोस्ट

शाहरूख खानलाई अदालतले दियो राहत, उनीविरुद्धको मुद्दा भयो खारेज

बलिउड अभिनेता शाहरूख खानलाई गुजरात उच्च अदालतले राहत दिएको छ। फिल्म ‘रईस’को प्रोमोसनका क्रममा भएको भागदौड मामिलामा गुजरात उच्च अदालतले खानलाई राहत दिएको हो।

फिल्म ‘रईस’को प्रोमोसनको क्रममा रेलवे स्टेशनमा भएको घटनासँग जोडिएर खानविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दालाई अदालतले खारेज गरेको हो।

न्यायाधीश निखिल करीलले यो मुद्दामा फैसला सुनाएका हुन्। उनले शाहरुख खानले गरेको कामलाई लापरबाही भन्न नसकिने बताएका छन्। उनले शाहरुखको निवेदन पनि स्वीकार गरेका छन्। उक्त निवेदनमा अदालतले जारी गरेको मुद्दा खारेज गर्न माग गरिएको थियो।

सन् २०१७ मा उनी आफ्नो फिल्मको प्रोमोसनका लागि मुम्बईदेखि दिल्लीसम्म रेलमा जाँदै थिए। त्यसै क्रममा, ट्रेन बडोदरा रेलवे स्टेशनमा पुग्नेबित्तिकै शाहरुखलाई हेर्न ठूलो भीड जम्मा भएको थियो।

यस क्रममा अभिनेताले केही टी-शर्ट भिडमा फ्याँकेपछि भागदौड मच्चियो। यो भागदौडलाई सम्हाल्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो। यस भागदौडमा एक जनाको मृत्यु भएको थियो। भागदौडलाई सम्हाल्ने क्रममा एक प्रहरी पनि बेहोस भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell