PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

केशव स्थापितले फर्केर आउने सपना नसोचे हुन्छ : कांग्रेस प्रवक्ता महत



पहिलोपोस्ट

केशव स्थापितले फर्केर आउने सपना नसोचे हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले केशव स्थापितले काठमाडौंमा फर्केर आउने सपना नसोचे हुने बताएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्।

मनोनयनपछि एमाले उम्मेदवार स्थापितले ‘गेम इज ओभर’ भन्दै जित आफ्नो पक्षमा रहेको दाबी गरेका थिए। उक्त भनाईलाई कटाक्ष गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘गेम इज ओभर रे। म भन्छु उहाँको गेम इज ओभर। वाग्मतीमा धेरै पानी बगिसक्यो। फेरि फर्केर आउने सपना नसोचे हुन्छ।’

महतले राजनीतिमा एमालेले धेरै मनोरञ्जनात्मक कुरा गरेको उल्लेख गर्दै अब त्यो नटिक्ने तर्क गरे।

‘राजनीति मनोरञ्जन होइन। राजनीतिमा जसले ज्यादा मनोरञ्जन दिन्छ उसले जित्छ कि भन्ने अवस्था आएको छ। राष्ट्रिय मनोरञ्जन नै धेरै भइसक्यो। कांग्रेसले धेरै बोल्दैन काम गर्छ,’ उनले भने।

कांग्रेसले काठमाडौंजस्तो ठूलो महानगरमा महिलालाई अवसर दिएकोले जिताउनै पर्ने बाध्यता रहेको उनले बताए। अवसर दिँदा पनि नजिताए भोलि प्रश्न आउन सक्नेसमेत उनको भनाइ थियो।

‘पहिलो पटक काठमाडौं महानगरले महिला उम्मेदवार पाएको छ। यो महिलाको लागि गर्वको कुरा हो। अहिले अवसर आएको छ। अवसर दिँदा पनि किन नजिताएको त? भन्न सक्छन्। यो अवसर हो’, उनले भने, ‘काठमाडौं महानगरपालिका जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हो। उहाँलाई अत्याधिक मतले जिताउनुस्। असन्तुष्टलाई साइडमा राखेर पार्टीलाई जिताऔँ। काठमाडौंमा असन्तुष्टि छैन। काठमाडौंका साथीहरु डबल खुसी छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell