PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फिल्म ‘आँधी तुफान २’ साउन २० गते प्रदर्शन हुने



पहिलोपोस्ट

फिल्म ‘आँधी तुफान २’  साउन २० गते प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘आँधी तुफान २’ को पोस्टरसहित प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी साउन २० गते रिलिज हुने पक्का भएको छ।

कोराना महामारीबिच निर्माण गरिएको यस फिल्मले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए।

विसं २०६३ सालमा निर्माण भएको फिल्म आँधी तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन्। रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको छ।

यस फिल्ममा रवी गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

ओम साई भक्त मुभि प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell