PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गगन थापाले भने : काठमाडौं महानगरलाई ‘महान घर’ बनाउन सिर्जना सिंहले सक्नुहुन्छ



पहिलोपोस्ट

गगन थापाले भने : काठमाडौं महानगरलाई ‘महान घर’ बनाउन सिर्जना सिंहले सक्नुहुन्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकालाई ‘महान घर’ बनाउन सिर्जना सिंहले सक्ने बताएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्।

उनले भने, ‘पाँच वर्षमा विद्या सुन्दर हुँदा हामीले धेरै काम गर्न सकेनौँ। हामीलाई ठूला गफ दिने होइन, स-साना कुरा गरेर काठमाडौं बदल्न सक्ने मेयर चाहिन्छ।’

स्वास्थ्य, यातायात, महिलाको बारेमा काम गर्ने मेयर चाहिएको भन्दै उनले घरको भान्साबाट फोहोर व्यवस्थापन गर्ने मेयरको आवश्यकता भएको बताए।

केशव स्थापितले सिर्जनालाई बुहारी र श्रीमती मात्रै भनेकोप्रति गगनको जवाफ थियो, ‘सिर्जना बुहारी, श्रीमती मात्र हो? उहाँ म म हो भनेर आउन नपाउने? सिर्जना गणेशमानको बुहारी प्रकाशमानको श्रीमती मात्रै होइन।’

‘सिर्जना सिंहलाई हामीले भाउजु बनाएको हो। बुहारी बनाएको हो। दिदी हामीले बनाएनौँ। अब म सिर्जना दिदी बन्छु भनेर उहाँ अघि आउँदा हामीले रोक्न हुँदैन,’ उनले अगाडि भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell