PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मेयरका उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाणको आग्रह, पौडेलको जवाफ : मैले एक्लै निर्णय गर्ने होइन, मलाई गाह्रो छ



रासस

मेयरका उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाणको आग्रह, पौडेलको जवाफ : मैले एक्लै निर्णय गर्ने होइन, मलाई गाह्रो छ

चितवन : गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलसहित उनका प्रस्तावक र समर्थकलाई भेटका छन्। भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गरेका हुन्।

पौडेलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री खाणले स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘पार्टीले विशेष परिस्थितिमा गठबन्धन गरेको छ। पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि बढाउँ कार्यान्वयन गराउँ भन्ने नै हामीले विशेष आग्रह गरेका छौँ।’

निर्वाचनको समयमा पार्टीले आधिकारिक उम्मेदवार दिने जनाउँदै उनले कांग्रेस सधैँ लोकतन्त्रका लागि प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘अहिले असहज परिस्थिति छ। यो असहज परिस्थितिबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो।’

पौडेललाई भेट्नुअघि प्रस्तावक मीना खरेल र समर्थक कृष्णलाल सापाकोटसँग पनि गृहमन्त्री खाणले भेटेका थिए।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुँने ठाउँमा पुगेको जानकारी गराएको बताए।

उनले भने, ‘गृहमन्त्रीलाई मैले यो चिवतन जिल्लाका साथीको मान मर्यादा र उहाँहरुको भविष्यसँग जोडिएको विषय छ। यो मैले एक्लै निर्णय गर्ने होइन त्यसो हुनाले मलाई गाह्रो छ भनेँ।’

छलफलका क्रममा गृहमन्त्री खाण, राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजीव न्यौपाने सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell