PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन बानियाँको निर्देशन



पहिलोपोस्ट

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन बानियाँको निर्देशन

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले पाँच दलीय गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धनबाटै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको भन्दै फिर्ता लिन निर्देशन दिएको छ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले एक विज्ञप्ति जारी गर्दै गठबन्धनविरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन्।

भरतपुर, हेटौंडा लगायतका पालिकाहरुमा कांग्रेसबाट बागी उम्मेदवार खडा भएका छन्। कांग्रेसका नेताहरुले अहिले बागी उम्मेदवारहरुलाई मनाउने प्रयास गरिरहेका छन्।

यस्तै, बानियाँले संविधान भत्काउने शक्तिविरूद्ध वर्तमान गठबन्धन बनेकाले स्वतन्त्र रुपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell