PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एमालेबाट ललितपुर महानगर उपप्रमुखकी उम्मेदवार मञ्जलीले भनिन् : गठबन्धनले महिलाको अधिकार खोस्यो



पहिलोपोस्ट

एमालेबाट ललितपुर महानगर उपप्रमुखकी उम्मेदवार मञ्जलीले भनिन् : गठबन्धनले महिलाको अधिकार खोस्यो

काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगरकी उपप्रमुख उम्मेदवार मञ्जली शाक्यले आफूहरु बतासे योजना ल्याउने पक्षमा नरहेको बताएकी छिन्। आज ललितपुरमा आयोजित कार्यक्रममा उनले व्यवहारिक रुपमा काम गरेर देखाउन उम्मेदवारी दिएको बताएकी हुन्।

‘बतासे योजनामा मात्रै सीमित नभइकन महसुस गराउन व्यवहारिक रुपमा काम गरेर देखाउन उम्मेदवारी हो’ उनले भनिन्।

एमाले र नेकपा माओवादी केन्द्रको एकता टुक्रिनु अघि माओवादी केन्द्रमा रहेकी मञ्जलीले जनताको विश्वासका कारण गठबन्धनका विरुद्धमा उम्मेद्वारी दिएको बताइन्।

उनले आफूहरु नगरवासीको समस्या केन्द्रीकरण गर्ने अभियानमा रहेको भन्दै भित्री शहरमा गरिबको समस्या समाधान नभएको बताइन्।

‘महानगरको मुहार फेर्नका लागि उम्मेदवारी दिएका हौं। फरक ढंगले काम गर्न तयार छौं। बोलीमा भन्दा पनि व्यवहारिक रुपमा काम गरेर देखाउनेछौं,’ उनले भनिन्।

शाक्यले ललितपुरमा गठबन्धनले महिलाको संवैधानिक अधिकार खोस्ने काम गरेको आरोप समेत लगाइन्। महानगर प्रमुख र उपप्रमुख पदमा दुवै पुरुषलाई उम्मेदवार बनाइएको भन्दै उनले आफ्नो मनोनयन त्यसविरुद्ध रहेको दाबी गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell