PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

विश्व पौडी प्रतियोगिताको छनोट हुँदै, २३ विधामा प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

विश्व पौडी प्रतियोगिताको छनोट हुँदै, २३ विधामा प्रतिस्पर्धा हुने

काठमाडौं: कोभिड महामारी सुरु भएयता ठप्प भएको पौडीको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ। विश्व पौडी प्रतियोगितालाई लक्षित गर्दै वैशाख २२ र २३ गते २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ।

उक्त प्रतियोगिता जुन महिनामा बुडापेस्टमा हुने १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा चीनमा हुने एसियाली खेलको पहिलो चरणको छनोट हुनेछ।

प्रतियोगिता अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा हुनेछ। जसमा महिला र पुरुषतर्फ गरि १५० जना खेलाडीले सहभागिता जनाउने आयोजकको अनुमान छ। प्रतियोगितमा २३ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको कुल लागत ६ लाख लाग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell