PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन नगराउन आयोगको आग्रह, निर्वाचनको दिन सार्वजनिक विदा माग



पहिलोपोस्ट

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन नगराउन आयोगको आग्रह, निर्वाचनको दिन सार्वजनिक विदा माग

काठमाडौं : निर्वाचन आयोगले तीन दिनसम्म निर्वाचन केन्द्र रहेका विद्यालयहरु तीन दिनसम्म भौतिक रुपमा पढन पाठन नगर्न माग गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीवार नियमित पत्रकार सम्मेलनमा आयोगले तीन दिनको लागि निर्वाचन केन्द्र रहेको विद्यालयको भौतिकरुपमा पढन पाठन नगर्नको लागि आग्रह गरेको हो। सो निर्णय मुख्य सचिव मार्फत अनुरोध गरिने सहायक प्रवक्ता अर्यालले बताए।

बैशाख २८ देखि ३० गतेमसम्मको लागि विद्यालय प्रयोग नगर्न अनुरोध गरेको छ। त्यसक्रममा वैकल्पिक शिक्षा प्रणाली लागू गर्न आग्रह गरिएको छ।

बैशाख ३० गते एकैचोटी देशभर स्थानिय तहको निर्वाचन हुँदैछ। निर्वाचनको दिन सार्वजनिक विदाको समेत माग गर्ने गरि आयोगले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell