PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन आयोगको प्रणालीमा प्रविष्ट



पहिलोपोस्ट

हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन आयोगको प्रणालीमा प्रविष्ट

काठमाडौं : निर्वाचन आयोगले वैशाख ११ र १२ गते भएको मनोनयन दर्ता कार्यक्रममा हालसम्म १ लाख ५३ हजार २ जना उम्मेदवारी दर्ता भएको जनाएको छ।

हालसम्म आयोगको प्रणालीमा प्रविष्टि भएको तथ्याकंका अनुसार पालिका प्रमुखमा ३ हजार ५१० जना र पालिका अध्यक्षमा ३ हजार ३७७ जनाको मनोनयन आयोगमा दर्ता भएका छन्।

यस्तै, उपप्रमुखमा २ हजार १६५ र उपाध्यक्षमा २ हजार ४०१ जनाको उम्मेदवारी परेको छ।

वडा अध्यक्षमा देशभर ३५ हजार ३५३ जनाको मनोनयन दर्ता भएको छ भने महिला सदस्यमा २६ हजार ५३२ जनाको उम्मेदवारी दर्ता भएको छ।

यस्तै, दलित महिला सदस्यमा २३ हजरा ९४४ जना र वडा सदस्यमा देशभर ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ।

आयोगले अझै केही पालिकामा मनोनयन दर्ताको संख्या गणना गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell