PahiloPost

May 15, 2024 | २ जेठ २०८१

चिरिबाबुले ललितपुर महानगरको समस्याबारे कहिल्यै छलफल गरेनन् : हरिकृष्ण ब्यञ्जनकार



पहिलोपोस्ट

चिरिबाबुले ललितपुर महानगरको समस्याबारे कहिल्यै छलफल गरेनन् : हरिकृष्ण ब्यञ्जनकार

ललितपुर : नेकपा एमालेबाट ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले चिरिबाबु महर्जनले कहिलै महानगरको समस्याबारे छलफल नगरेको आरोप लगाएका छन्। आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरमा धेरै समस्या भएको तर निवर्तमान महानगर प्रमुख महर्जन महानगरको समस्या सुल्झाउन असफल भएको बताएका हुन्।   

‘महानगरको समस्याका बारेमा महानगर प्रमुखले कहिले मिटिङ राख्नु भएको छ?’ उनले प्रश्न गरे।

यसपटक पनि ब्यञ्जनकारविरुद्ध चिरिबाबु नै नेपाली कांग्रेसबाट प्रमुख पदमा प्रतिस्पर्धा गर्दैछन्।  

ब्यञ्जनकारले आफ्ना चुनावी योजना समेत सुनाए। सरकारी विद्यालयको अवस्था सुधार गर्ने देखि महानगरलाई प्रविधिमैत्री बनाउने योजना रहेको बताए।

‘सरकारी स्कुल सुक्दै जाने र निजि स्कुल मोटाउँदै जाने समस्यालाई रोक्छौ। महानगरलाई प्रविधिमैत्री बनाउनेछौं । ५ वर्ष भित्र पुरै महानगरभित्रको बाटो पिच गर्छौं। फोहोरमैला प्रशोधन गर्ने ४ करोडको मेसिन छ, त्यसबाट हामी जनतालाई ग्याँस र मल दिन सक्छौ,’ उनले भने।

ब्यञ्जनकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले मेलम्चीको पानी ल्याउन नचाहेको आरोप समेत लगाए।

भने,‘इच्छा शक्ति नभएर हो नभए मेलम्चीको पानी ल्याउन सकिन्थ्यो, डोजरले एक महिनामै पहिरो पन्छाउन सकिन्थ्यो। केपी ओलीले तीन महिना पानी खुवाएकै हो त।,’

उनले ललितपुर महानगर ‘क्राफ्ट सिटी’ भएको भन्दै हस्तकलाको विकास गर्न कलेज अथवा विश्वविद्यालय बनाउने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell