PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, गौतम बुद्धमा वाइडबडीको परीक्षण उडान

७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, गौतम बुद्धमा वाइडबडीको परीक्षण उडान

प्रवीण रानाभाट/पहिलोपोस्ट


गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडीले परीक्षण उडान गरेको छ। २७४ यात्रुसहित साँझ ५:४५ बजे विमान अवतरण भएको हो। पर्यटनमन्‍त्री प्रेमबहादुर आले तथा मन्त्रालयका सचिव, सहसचिवलगायत परीक्षण उडानमा सहभागी थिए। उडानमा चालक दलका आठ सदस्य थिए। 

विमानस्थल सञ्चालनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कम हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको विश्लेषण छ।

७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। विमानस्थल सञ्चालनपछि नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। आउँदो जेठ २ गतेबाट विमानस्थलबाट व्यवसायिक उडान सुरु हुनेछ। ६४ वर्ष अगाडि यो विमानस्थल सञ्चालनमा आएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell