PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कोलकत्तामाथिको जितले दिल्लीलाई राहत



पहिलोपोस्ट

कोलकत्तामाथिको जितले दिल्लीलाई राहत
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले कोलकत्तामाथि ४ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। कोलकत्ताका लागि नितिश रानाले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५७ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले ४२ रन बनाए। त्यस्तै रिंकु सिंहले २३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ दिल्लीका कुलदीप यादवले घातक बलिङ गर्दै १४ रन दिएर सर्वाधिक ४ विकेट लिँदा मुस्ताफिजुर रहमानले ३ तथा चेतन सकारिया र अक्षर पटेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले एक ओभरमा बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर पृथ्बी श लाई पहिलो बलमै गुमाएको दिल्लीका लागि अर्का ओपनर डेभिड वार्नरले ४२ रन जोड्दै राम्रो सुरुवात दिलाए। उनी बाहेक रोबमन पावेलले अविजित ३३ रन बनाउँदा अक्षर पटेलले २४, ललीत यादवले २२ र मिचेल मार्सले १३ रनको योगदान दिए।

बलिङतर्फ कोलकत्ताका उमेश यादवले सर्वाधिक ३ विकेट लिँदा हर्षित राना र सुनिल नारेनले समान १ विकेट लिए।

जितसँगै ८ खेलबाट ८ अंक जोडेको दिल्ली क्यापिटल्स अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने ६ अंक जोडेको कोलकत्ता ८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell