PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राष्ट्रसंघ महासचिव किभ पुग्दा रकेट आक्रमण, सुरक्षा परिषदको आलोचना



पहिलोपोस्ट

राष्ट्रसंघ महासचिव किभ पुग्दा रकेट आक्रमण, सुरक्षा परिषदको आलोचना
Photo : Reuters

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस युक्रेनको राजधानी किभ पुगेका छन्। युक्रेन र रसियाबिच युद्ध भइरहँदा उनी किभ पुगेका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीसँगको भेटपछि उनले आफ्नै संस्थाको सुरक्षा परिषदको विरोध गरे।

उनले सुरक्षा परिषदले युक्रेन युद्ध रोक्न वा अन्त्य गर्न नसकेको भन्दै आलोचना गरेका हुन्। सुरक्षा परिषद् ‘प्यराल्याइज्ड’ भए पनि संयुक्त राष्ट्रसंघले युक्रेन युद्ध रोक्न काम गरिरहेको उनको दाबी थियो।

त्यसक्रममा जेलेनस्कीले गुटेरेसले नजिकबाट युद्ध अपराध नियाल्न पाएको बताएका थिए।

गुटेरेस किभ पुग्दा त्यहाँ दुईवटा रकेट आक्रमण भएको थियो। सेन्ट्रल सेभचेन्को जिल्लामा दुईवटा रकेट आक्रमण भएको हो। आक्रमणका कारण तीनजना घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell