PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

अवैध लागुऔषधसहित चितवनबाट एक जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

अवैध लागुऔषधसहित चितवनबाट एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : चितवनको राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्बर ३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell