PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

दुवईबाट ल्याएको २ किलो सुनसहित विमानस्थलमा समातिए ५ जना, ट्वाइलेटको फोहोरमा मिसाएर थिए निकाल्दै



पहिलोपोस्ट

दुवईबाट ल्याएको २ किलो सुनसहित विमानस्थलमा समातिए ५ जना, ट्वाइलेटको फोहोरमा मिसाएर थिए निकाल्दै
प्रतिकात्मक फाइल फोटो। ३३ किलो सुन प्रकरण यही विमानबाट नेपाल भित्रिएको थियो जसको गुत्थी अझै सुल्झिएको छैन।

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध तरिकाबाट सुनको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

विमानस्थल प्रहरीले उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिबाट विमानमा सरसफाई गर्ने सुपरभाइजरसप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका  २८ वर्षीय भीमकुमार माबोलाई नियन्त्रणमा लिएको हो।

बिहीवार दुबईबाट काठमाण्डौं आएको हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई कम्पनीका सरसफाई कर्मचारी भीमकुमार माबोले शौचालयभित्रको फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएका थिए। फोहोरभित्रको सुन अर्का सहकर्मी सुमन तामाङसँग मिलेर निकालेका थिए। दुईजनाले सुना बाढेर आ-आफ्नो पर्सभित्र लुकाएका थिए। विमानस्थलको फलामे गेट भएर उनीहरु बाहिर निस्किन खोजेका थिए।

तर, उनीहरुको सामान स्क्यानिङ गर्ने क्रममा भीमकुमार माबोले बोकी आएको पर्स भित्र टेपले बेरिएको सुनको जफत भएको हो। उनले १० थान बिस्कुट (११६६ ग्राम) लुकाएर बाहिर निकाल्न खोजेका थिए। त्यसैगरी सुमन तामाङले पर्स भित्र उस्तैगरी १० थान बिस्कुट (११६६ ग्राम) बोकेका थिए। दुवैबाट २ किलो ३ सय ३२ ग्राम सुन बरामद गरिएको हो।

त्यसपछि प्रहरीले सोधपुछ गर्दा ट्याक्सी चालकदेखि अन्य सरसफाइमा काम गर्ने कर्मचारीको समेत संलग्नता खुलेको प्रहरीले जनाएको छ।  यसअघि विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणमा गठित समितिले छानविन गर्दा विदेशबाट ल्याएको सुन प्लेनको ट्वाइलेटबाट बाहिर निकाल्ने गरिएको तथ्य सार्वजनिक गरेको थियो।

सुन ल्याउने व्यक्तिले विमानभित्रको ट्वाइलेटमा रहने डस्टबिनमा राख्‍ने, विमानका कर्मचारीले डस्टबिनबाट त्यो सुन निकाल्ने गरेको पाइन्छ। त्यस्तै सुनलाई विमानमा यात्रुहरु ओर्लनको लागि प्रयोग हुने भर्‍याङमा बनाइएको विशेष किसिमको प्वालबाट छिराउने  गरेको देखिएको थियो। त्यसरी ल्याइएको सुन विभिन्न उपाय गरी विमानस्थलबाट बाहिर ल्याउने गरिएको पाइन्छ। 

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell