PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

लोसपाको घोषणा पत्र : विपन्न महिलालाई विवाहको बेलामा ५१ हजार प्रदान गर्ने वाचा



पहिलोपोस्ट

लोसपाको घोषणा पत्र : विपन्न महिलालाई विवाहको बेलामा ५१ हजार प्रदान गर्ने वाचा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष महन्थ ठाकुरले घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणा पत्रमा लोसपाले २० वटा प्रतिबद्धता उल्लेख गरेको छ।

सबै महिलाहरुलाई निःशुल्क शिक्षा, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने लगायतका योजना अघि सारिएको छ। महानगर र उपमहानगरमा धान्नै नसकिने घर भाडा रहेको भन्दै लोसपाले भाडा र करमा पुनर्विचार गर्ने उल्लेख घोषणा पत्रमा गरिएको छ।

प्रसुति भत्ता, स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार प्रदान गर्ने, विपन्न वर्गका गृहिणी र महिलालाई ग्यास चुलो दिने लगायतका योजना पनि सार्वजनिक गरिएको छ।

यस्तै, कृषि, चुरे क्षेत्रको संरक्षण,ज्येष्ठ नागरिकलाई सुविधा, खेलकुद पुर्वाधार निर्माण,विपद् व्यवस्थापन, स्मार्ट सिटी लगायतका विषयमा अवराधारण पनि उल्लेख छ। लोसपाले जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको प्रदेश राजधानी बनाउने वाचा पनि गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell