PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

गठबन्धनको नाममा सत्तारुढ दलहरुले मजाक गरिरहेका छन् : राजेन्द्र महतो



पहिलोपोस्ट

गठबन्धनको नाममा सत्तारुढ दलहरुले मजाक गरिरहेका छन् : राजेन्द्र महतो

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनमा गठबन्धन गरेर सत्तारुढ दलहरुले ‘मजाक’ गरिरहेको बताएका छन्।

आज पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक कार्यक्रममा महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भए पनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको बताएका हुन्।

‘जनतासँग मजाक भइरहेको छ। यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो। यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो। निर्वाचन त्यसका लागि गरिन्छ। यहाँ गठबन्धन भनेर कुन पार्टीको कुरा आईरहेको छ? सरकारी पार्टीहरुले जुन गठबन्धन गरेका छन, त्यो कुन पार्टीको मान्यता हो? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो,’ उनले भने।

महतोले दलीय व्यवस्था दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको दाबी गरे। साथै, स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय संयन्त्रलाई दिइएको पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell