PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

लाहा छाप लगाएर पठाइयो फोटोसहितको मतदाता नामावली



पहिलोपोस्ट

लाहा छाप लगाएर पठाइयो फोटोसहितको मतदाता नामावली
FILE PHOTO

काठमाडौं : वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर पठाइएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई लाहा छाप लगाएर नामावली पठाइएको बताएका हुन्।

आयोगले रङ्गिन र श्यामश्वेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको उनले बताए।

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची हेर्न सक्नेछन्।

निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन्। यसैबिच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ।

निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगका परिपत्रको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको जनाइएको छ।

बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयमा स्पष्ट पार्दै आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell