PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जनकपुरधाम उपमहानगपालिकाः मेयरसहित १५ जनाले फिर्ता लिए उम्मेदवारी



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगपालिकाः मेयरसहित १५ जनाले फिर्ता लिए उम्मेदवारी

जनकपुरधामः आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता गरेकामध्ये मेयरमा दुई, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी कूल १५ प्रत्यासीले नाम फिर्ता लिएका हुन्।

मेयरको उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथप्रसाद साह र नन्दनकुमार भगत छन्।

यसअघि उपमेयरका स्वतन्त्र उम्मेदवार सरोज मिश्र, वडा नम्बर १ बाट अध्यक्षका उम्मेदवार भोला साह र एक जना महिला सदस्यको उम्मेदवारी दाबी विरोध उजुरीका आधारमा रद्द भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell