PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तिलोत्तमामा सत्ता गठबन्धनको घोषणापत्रः विद्युतीय बसदेखि ५ वर्षभित्र सबै सुकुम्बासीलाई लालपूर्जा



रमेश पराजुली

तिलोत्तमामा सत्ता गठबन्धनको घोषणापत्रः विद्युतीय बसदेखि ५ वर्षभित्र सबै सुकुम्बासीलाई लालपूर्जा

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो।

‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने मुख्य नारा तय गरेको गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार तथा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले भ्रष्टाचार मुक्त तिलोत्तमा नगर सरकार गठन गर्ने गठबन्धनको सोच रहेको बताए।

घोषणापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद, कृषि क्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन र रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखिएको छ।

हालको करको दायरा फराकिलो बनाइ योभन्दा अगाडिको तिलोतमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने उम्मेदवार खाणले बताए।

अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाइ ५ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी भूमिहीनको समस्या पूर्णरुपमा निवारण गरिने घोषणापत्रमा उल्लेख छ।

त्यस्तै घोषणापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोत्तमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ।

नगरपालिकाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने   ५ वर्षभित्र चक्रपथ निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ। नगर भित्रका सम्पूर्ण बाटो कालोपत्र गर्ने र भित्री सहकहरुमा समेत सडक बत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell