PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

म्यादी प्रहरीलाई सुरक्षा निकायका आगामी भर्नामा प्राथमिकतामा राख्न गृहमन्त्री खाणको निर्देशन



पहिलोपोस्ट

म्यादी प्रहरीलाई सुरक्षा निकायका आगामी भर्नामा प्राथमिकतामा राख्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं : स्थानीय तह निर्वाचन लक्षित स्थानीय तह निर्वाचन सम्बन्ध सुरक्षा गोष्ठी सम्पन्न भएको छ। गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौती र ती चुनौतिको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

गृहमन्त्री खाणले निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिए।

त्यस्तै स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न खाणले निर्देशनसमेत दिए छन्। वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ।

त्यस्तै, खाणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन समेत निर्देशन दिएका छन्।

गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका सहसचिवहरू फणिन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell